लोमान्थाङका महिलाहरुलाई उद्घोषण तालिम
पाेखरा | माघ २३, २०७९
पोखरा: मुस्ताङको लोमान्थाङ गाउँपालिकाद्धारा आयोजित एक हप्ते उद्घोषण तालिम आइतबार सम्पन्न भएको छ ।
लोमान्थाङका महिलाहरु तथा महिला जनप्रतिनिधीहरुलाई उद्घोषण शिक्षा दिन र नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छ्युमी विष्ट गुरुङले जानकारी दिईन । तालिममो समापन कार्यक्रममा बोल्दै लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसि न्हर्वु गुरुङले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न अनुरोध गर्दै लोमान्थाङका महिलाहरुको लागि यो तालिम निकै प्रभावकारी भएको बताए ।
कार्यक्रममा लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्घिराम उपाध्यायले महिलाहरुको शसक्तिकरणका लागि यो तालिम निकै उपयोगी भएकाले आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छ्यूमी विष्ट गुरुङको अध्यक्षतामा भएको तालिममा प्रशिक्षार्थीहरुले पनि आफ्ना अनुभव र सिकाई बारे मन्तव्य राखेका थिए । सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली र सुस्मा पौडेलले सहजीकरण गरेको तालिमको समापन समारोह लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छ्यूमी विष्ट गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैवीच एक समारोहका बीच लोमान्थाङ गाउँपालिकाले दिव्यदिप माध्यमिक विद्यालय लोमान्थाङबाट एसईई परीक्षा उत्तिर्ण गरी उच्च शिक्षा अध्ययरत १६ जना विद्याथीहरुलाई जनही ५० हजारका दरले छात्रवृति समेत प्रदान गरिएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

